
रासस ३१ भदौ,धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।