नवलपरासी (पश्चिम), २०७७ भदौ २९ गते
बर्दघाट नगरपालिका-१२ भटौलिया चोकबाट अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब १६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको हरियो मटर सहित रुपन्देही सियारी गाउँपालिका-८ भन्सार बस्ने २५ वर्षीय बिनोद चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले ना.४ ख ४६२५ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त हरियो मटर फेला पारी ट्रक चालक चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई मटर र ट्रक सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर