एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले नयाँ यात्राका विषयमा समय समयमा चर्चा गर्ने गरेका छन् ।

केहि समयअघि पिएसजीका प्रतिनिधिसँगको भेटमा एमबाप्पलेले नयाँ सम्झौताका लागि भने अहिले इच्छा नरहेको प्रष्ट पारेका थिए । तर, उनले यो सिजन पिएसजीबाट रहने अघिल्लो सिजनमै प्रष्ट पारेका थिए । सबैलाई थाहा छ, एमबाप्पे रियल म्याड्रिडप्रति सकारात्मक छन् । उनले रियलबाट खेल्ने सपना रहेको विगतमा पनि बताइएको छन् ।

रियल र उनकाबीचमा राम्रो सम्बन्ध रहेको बताइन्छ । भविष्यमा सहकार्यहरुमा पनि दुवै पक्ष आशावादी रहेका छन् । यद्दपी म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेडल बार्सिलोनाले पनि उनीमाथि चासो भने देखाइरहेका छन । अर्को सिजन बार्सिलोनाका सुपर स्टार लिओसनल मेस्सीले क्लब छाड्ने लगभग निश्चित भएकाले पनि एमबाप्पलेलाई विकल्पको रुपमा हेरिएको छ ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा रहेका एमबाप्पेले आइतबार लिग वनमा मार्सेविरुद्धको खेल खेल्ने छैनन् । उनले जुलाईमै यो सिजन भने पिएसजीमा रहने पक्का गरेका थिए । अर्को वर्ष भने उनले नयाँ यात्रा तय गर्ने जानकारी क्लबलाई दिएका छन् ।

एमबाप्पेले नयाँ सम्झौता नगरेपछि रियल बढी आशावादी देखिएको थियो । एमबाप्पेले अब बोर्डलाई आफू अर्को सिजन नरहने बताएपछि रियलको सम्भावना अझ बढेको छ । उपयुक्त समयमा रियलले पिएसजीसँग प्रस्ताव राख्ने उपेक्षा गरिएको छ । एमबाप्पेको पिएसजीसँगको सम्झौता २०२२ जुन ३० सम्म रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर