२१ भाद्र २०७७, आइतवार

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।


कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गरिएकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत दर्जनौं प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीहरु जोखिममा छन् ।

पोखराबाट गएका प्रहरी फर्किएपछि स्वाब टेष्ट गराउँदा सशस्त्र गणमा कार्यरत प्रहरीहरुलाई कोरोना देखिएको थियो । सो गणमै पार्टीमा सहभागिता जनाएका गण्डकी प्रदेश सांसद मोहन रेग्मीलाई पनि कोरोना देखिएर अहिले होम आइसोलेसनमा आरामरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर