२० भाद्र २०७७, शनिवार

कैलालीमा लागू गरिएको निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएको छ । त्यहा ५० प्रतिशत यात्रु बोकेर जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न समेत अनुमति दिइएको छ । पसलहरु खोल्न पाईने छ । होटल, रेस्टुरेन्टहरूले होमडेलीभरी र टेकअवे सेवा दिने गरी सञ्चालन गर्न पाउने छन । सेवाग्राहीको बढी भीडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादनबाहेक सेवा बन्द नै हुने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

बैंक वित्तीय संस्थाले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउनेछन् । सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ । यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटीपार्लर, सैलुनलगायतका सेवा साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने उनले बताए ।

डडेल्धुरामा भने भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
भदौ ३१ गतेसम्म जिल्लामा सञ्चालित सार्वजनिक, निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने, सवारी पासबिना अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउनेजस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।
उनका अनुसार जिल्लामा हुने सार्वजनिक मेला, पर्व, भेलालगायत सभासम्मेलनलाई पूर्णरुपमा निषेध गरिएको छ भने अत्यावश्यक वस्तुका पसलबाहेक अन्य सबैखाले पसलहरु बिहान ६ देखि बेलुका ७ बजेसम्म खुल्न सक्ने भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर