२० भाद्र २०७७, शनिवार
कुवेतमा घरेलु मदिरा पार्ने ठाउँमा छापा मार्दा दुई नेपालीहरु पक्राउ परेका छन । कुवेतको अहमादी प्रहरीहरुले महावुल्ला भन्ने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन । कुवेतको अनलाईन पोर्टल अरव टाइन्सका अनुसार मदिरा उत्पादन केन्द्र संचालन गर्ने उनीहरुलाई पक्राउ गरिएको भएपनि परिचय र अन्य विवरण हरु भने खुलाईएको छैन । समाचारमा भनिएको छ “ घरेलु मदिरा विक्रिका लागि जाँदै गरेका ब्यक्तिहरुलाई पक्राउ गरेपछि उनैले घरेलु मदिरा उत्पादन केन्द्रमा प्रहरीलाई लिएर गएका थिए” । घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ,दर्जनौ ब्यारेल,केहि उपकरण र तयारी अवस्थामा रहेको मदिरा जफत गरीएको छ । उनीहलाई कानुनी पकृयाको लागि सम्वन्धित निकायमा पठाईएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर