२० भाद्र २०७७, शनिवार

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा लगाईएको निशेधाज्ञामा केहि खुकुलो भएको छ ।
खुकुलो भएसगै आईतवारवाट रुपन्देहीका बजारहरु निश्चित समयका लागि खुल्ने छन । तर स्वास्थ मन्त्रालयले तोकेका मापदण्डहरु भने पालना गर्नुपर्नेछ ।  अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन् तर जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइनेछैन । तर मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउनेछन् ।
तर सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द नै रहनेछन् । उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न भने पाउने छैनन ।
विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान पनि रोकिएको छ तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने छ ।

सुचना हेर्न यहाँ क्लिक गर्नुहोस

हेरौ सुचना

 

 

प्रतिक्रिया

सम्बन्धित खवर