२० भाद्र २०७७, शनिवार

एजेन्सी । नेसन्स लिग फुटबलमा नेदरल्यान्डले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले पोल्यान्डलाई १–० गोलले पराजित गरेको हो । खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको नेदरल्यान्डले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेदरल्यान्डका लागि स्टीवन बर्गविजनले खेलको ६१ औँ मिनेटामा गरेको गोल नै निर्णायक बनेको थियो । नेसन्स लिगमा डच डच टिमले जितसँगै सुरुआत गरेको छ ।

त्यस्तै नर्वे अष्ट्रेरियासँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा नर्वे अष्ट्रियासँग २–१ ले पराजित भएको हो । खेलमा माइकल ग्रेगोरिट्स र मार्सेल सबिट्जरको पेनाल्टी गोलमा अष्ट्रियाले २–० को अग्रता बनाएको थियो । यता इर्लिङ हाल्याण्डले सिनियर टिमबाट पहिलो गोल गर्दै टिमलाई राहत दिलाए पनि टिमको हार भने टार्न सकेनन् ।

समूह एलको खेलमा काजकिस्तानले लिथुनियालाई २–० ले हराउँदा अल्बानियाले बेलारुसमाथि २–० को जित आत्मसाथ गर्यो । समूह एकै अर्को खेलमा इटालीले बोस्निया हर्जगोभिनासँग १–१ गोलको बराबरी खेल्दै खेल्यो । समूह एफको खेलमा चेक रिपब्लिकले स्लोभाकियाबिरुद्ध ३–१ को जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर