२० भाद्र २०७७, शनिवार

मोरङको विराटनगरका दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जना महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

मृत्यु भएकी महिलाको आज बिहान ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६:३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर