१९ भाद्र २०७७, शुक्रवार

 


काठमाडौं , गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलन आगामी सेप्टेम्बर १२ र १३ मा हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएनले यस्तो जानकारी गराएको हो ।
एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डेका अनुसार जुम मार्फत हुने बैठक र सम्मेलनमा एनआरएन ओसेनियाको ेकाम कार्यवाहि,एनआरएन संस्थाको सदस्यता निःशुल्कको विषयसाथै आगामी निर्वाचन अनलाईनमार्फत गर्ने विषयमा पनि छलफल हुनेछ ।
यसैगरी ज्ञान सम्मेलन समेत हुनेछ जहाँ स्वास्थ्य र अर्थतन्त्रमा केन्द्रित रही विभिन्न कार्यपत्रहरु प्रस्तुत हुनेछन् । पत्रकार सम्मेलनमा एनआरउनका उपाध्यक्ष मन केसी, संरक्षक ईन्द्रा वन, ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे, महिला संयोजक जानकी पौडेल, उपसंयोजक नवीन कँडेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल लगायत आईसीसी सदस्यहरु, एनसीसीका सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर