१९ भाद्र २०७७, शुक्रवार

पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिब्दिकोट गाउँपालिकाका १ जना महिला र तानसेन नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । तानसेन १० का दुई जना र तानसेन ११ र १४ का १/१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो सहित पाल्पामा कोरोना सङ्क्रमितको  सङ्ख्या ५ सय ८८ पुगेको छ । सङ्क्रमितमध्ये ५ सय ६२ जना निको भएर घर फर्किएका छन्  भने, २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा अहिले २४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा जारी राखिरहेको छ । दोश्रो चरणको निषेधाज्ञा आज राती १२ वजे सकिदैछ । फेरी निषेधाज्ञा वढ्ने वा नवढ्ने भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर