१९ भाद्र २०७७, शुक्रवार

काठमाडौं । हिमाली क्षेत्रको भेडी गोठालेको जनजीवनबारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म अ डे इन दि हिमालयन सेफर्डले अमेरिकाको सिकागोमा उत्कृष्ट प्रथम पुरस्कार जित्न सफल भएको छ ।

सिकागोमा गत अगष्ट २८ र २९ तारिखसम्म चलेको आलदारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘अ डे इन दि हिमालयन सेफर्ड’ ले प्रथम पुरस्कार प्राप्त गरेको निर्देशक मानछिरिङ तामाङले बताए । निर्णायक मण्डलद्वारा उक्त डकुमेण्ट्री सो फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै सो बापत प्रदान गरिने ‘ अलदारी अवार्ड’ सहित उत्कृष्ट डकुमेन्टी फिल्म अवार्ड समेत गरी २ वटा जित्न जित्न सफल भएको हो ।

धादिङ जिल्लाको रुबी भ्यालीभेगको भेडापालनलाई आधार बनाएर २० मिनेटको सर्ट फिल्म बनाएका हुन्।

२० मिनेटको उक्त सर्ट फिल्ममा धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको छ, जो आफ्ना हजुरबुबा र बाबुको पदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरिरहेका छन् । कठिन भूगोल र मौसमको चुनौतीसंग कहिले मितेरी लगाउँदै र कहिले जुद्धै खरिमान आफ्ना भेडाको स्याहारसुसार गर्छन् । र, जति नै गाह्रो भए पनि आफ्नो पेशामा गौरव महसुस गर्छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर