१८ भाद्र २०७७, बिहिवार

काठमाडौं – भोलि शुक्रबार ललितपुरमा कर्फ्यू लगाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले शुक्रबार बिहानदेखी चक्रपथभित्रका क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरिएको वताए । निषेधाज्ञाको समयमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।


कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।   उक्त झडपको क्रममा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि प्रदर्शनकारीले कुटपिट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर