१८ भाद्र २०७७, बिहिवार

जि के पान्डे
स्याङ्जा जिल्लाको उच्च पदस्थ ब्यक्तिहरुले आज कालिगण्डकि गाउँपालिका वडा न ४ मा पुगि पहिरो गएको ठाउँहरुको स्थलगत अवलोकन गरेका छन ।
प्रदेश सभाका सासद भागवत प्रकाश मल्ल ,प्रमुख जिल्ला अधिकारी गंगा वहादुर क्षेत्री,पुर्ब सासंद शंकर प्रसाद पाण्डेय ,सुरक्षा प्रमुख,प्राबिधिक टिम, गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपप्रमुख साबित्रा कोइराला,प्रमुख प्रशासकिय अधिकृत झबेस्वर रेग्मी,महिला नेत्री माया राना वडाका अध्यक्ष,ने.क.पा. जिल्ला अदक्ष्य पारस शर्मा लगायत विभिन्न राजनैतिकदलका प्रतिनिधिहरु एव स्थानिय समाजसेविहरुले वाटो एवं अन्यको अवलोकन गरेका छन ।
टोलीले माथिवाट लार्कुथोक पहिरो र लसर्घापहिरोको अवलोकन गरेको थियो ।
सो अवसरमा पहिरोकोमा परि विस्थापित भएकाहरुलाई स्थायि वसोवासको ब्यवस्था गर्नको स्थानियस्तरले उपयुक्त ठाउँको खोजी गर्नुपर्ने र तत्कालै बिस्थापित परिवारलाई पुनस्थापन गर्नुपर्ने, खोलालाई पुरानै बाटोमा बगाउने र खानेपानीको स्थाइ समाधानको लागि आबस्यक कदम चाल्नुपर्नेमा जोड दिएको थियो । निषेधाज्ञा भएपनि सामाजिक दुरी कायम गर्दै अवलोकन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर