१८ भाद्र २०७७, बिहिवार

पश्चिम नवलपरासीको उद्योग वाणिज्य संघ सुनवलले विहिबार देखि खाद्य वैंक संचालनमा ल्याएको छ ।


‘हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस’ भन्ने नारा सहित संघले सुनवल चोक र भुमहीमा एकैसाथ खाद्य बैंक संचालनमा ल्याएको हो । खाद्य बैंकमा हुनेलाई ल्याउन आग्रह गरिएको छ भने नहुनेलाई लैजान भनिएको छ ।

‘आफु पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौं, आफु पनि बाँचौं र अरुलाई पनि बचाउँ’ भन्ने उद्देश्यका साथ खाद्य बैंक संचालनमा ल्याइएको संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो ।

संघका पदाधिकारीहरु र सहयोगी मनका धनिहरुबाट सञ्चालनमा ल्याइएको खाद्य बैंकमा स्थानीय व्यापारी, संघ सस्था, समाजसेवी लागएतलाई सहयोगको लागि आह्वान गरिएको र सहयोग आइरहदा सम्म खाद्य बैंक सञ्चालनलाई निरन्तरता दिने आपूर्ती संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर