१८ भाद्र २०७७, बिहिवार

ड्युटीमा खटिएका प्रहरी जवानमाथि ललितपुरमा निर्घात कुटपिट भएको छ। मोटरसाइकलमा हिँडिरहेका ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि भिडले निर्घात कुटपिट गरेको हो। उनीमाथि कुटपिट भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। भिडले उनीमाथि कुटपिट गर्दै मोटरसाइकल लडाउँछ। भिडबाट भाग्दै गरेका उनलाई अर्को समूहले समातेर फेरि कुटपिट गर्छ भने उनको सवारी साधनसमेत तोडफोड गर्छ।  घाइते अवस्थामा उद्दार गरिएका घिमिरेको अलका अस्पतालमा उपचार भइएको छ। उनको टाउको र हातमा चोट लागेको छ। महामारीको समयमा ड्यूटीमा खटिएका जवानमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर