जनकबहादुर शाही
हुम्ला, भदौ-१७ । हुम्ला जिल्लाको सर्केघाड गाउँपालिका वडा नं. ७ रोडिकोटको ठूलो गाउँमा बुधबार राती भिषण आगलागी भएको छ । आगलागिबाट ६ घर पुणर् रुपमा जलेका छन भने १५  घरमा आम्सीक क्षती भएको घटनास्थलमा रहेका ७ नं. वडाका वडा अध्यक्ष कृष्ण प्रशाद जैशीले बताए । आगलागिबाट सर्केगार्ड गाउपालिका वडा नं. ७ ठुलागाउको बाहुन बाडामा रहेका  जोखे जैशी, हरिभक्त जैशी, अपिलाल जैशी,देबिसिंह जैशी,  रुपकला जैशी र मथन जैशीका ६ घर पुणर् रुपमा जलेका छन भने अन्य १५ घर आंसिकरुपमा क्षती भएको वडा अध्यक्ष जैशीले बताए ।
रोडिकोट ठुला गाउको बाहुन दग्डामा रहेको जोख्या जैसिको घरबाट सल्किएर गाउँका अन्य घरमा फैलिएको  आगो राती १२ बजेमात्र नियन्त्रणमा आएको रोडिकोटबाट वडा अध्यक्ष जैशीले जानकारी दिएका छन  । सबै घर संगै जोडिएकाले आगो निभाउन संगै जोडिएका केही घरको बिचमा भत्काउनु परेकोे उनले बताउका छन ।
गाउँमा लागेको आगो नियन्त्रणका लागि गाउँले सबै जम्मा भएर आगो निभाउन लागेका भए पनि   साँझ ६ बजे लागेको आगो राती १२ बजे पछि मात्र नियन्त्रण सकिएको वडा अध्यक्ष जैशीले बताए ।
आगलागी भएपछि नियन्त्रणका लागि सर्केघाड गाउँपालिको केन्द्र सर्केघाडबाट प्रहरीको टोली आगो नियन्त्रणका लागि परिचालन गरिएको हुम्ला प्रहरी प्रमुख डिएसपि सुर्य प्रसाद सुवेदीले बताए । घटनास्थल प्रहरी पुगे पनि राती भएकाले आग्लागिबाट केकति क्षती भयो त्यसको यकिन डाटा नआएको प्रहरी प्रमुख डिएसपि सुवेदीले बताए । आगलागिबाट भएको क्षतीको यकिन डाटा नआएको भए पनि करोडौको क्षती भएको अनुमान गरएिको छ ।
आगलागी स्थल जिल्ला सदरमुकामबाट निकै टाढा भएको र जिल्लाको भौगोलिक विकटताका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको वडा अध्यक्ष कृष्ण प्रशाद जैशलिे बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर