१७ भाद्र २०७७, बुधवार

विश्वभर एकै दिन २ लाख ५९ हजार लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै  कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ । संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् ।  विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७८ पुगेको छ ।  युरोपियन मुलुकहरूमा २ लाख ८ हजार १७२ जनाको मृत्यु भएको छ ।

अमेरिकी मुलुकहरूमा २ लाख ७२ हजार ६४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ९ हजार ५९९ पुगेको छ ।  यस्तै एसियाली मुलुकहरूमा १ लाख ४४ हजार ८८ जनाको मृत्यु भएको छ ।  दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४ हजार ५७३ जनाको मृत्यु भएको छ । ६३ लाख ८७ हजार ९३७ जना संक्रमित भएकोमा ५० लाख १९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार १०४ जनाको ज्यान गएको छ भने १२ लाख ६४ हजार ४१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।एजेन्सीहरुवाट

 

प्रतिक्रिया

सम्बन्धित खवर