अनिल खत्री, गुल्मी 

१७ भाद्र २०७७, बुधवार

 रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । बरु रोजगारीका लागिग नयाँ नयाँ गन्तव्य खोजेको युवाहरु पलायन हुनेक्रम पनि बढदो छ । तर संसारमै बहुमुल्य बनस्पतीको खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा थाहा पाएपछि यसको खेती सुरु गर्न थालेका छन् । गुल्मीमा पनि एक युवाले सयौं रोपनी गमीनमा बहुमुल्य बनस्पती बोधिचित्त (बौद्धधर्माबलम्बीहरुले मालाको रुपमा प्रयोग गर्ने), श्रीखण्ड्, अगरउड, रुद्राक्ष,नामका बहुमुल्य बनस्पती रोपेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ निवासी दिलीप भण्डारीले नेपालमै बहुमुल्य बनस्पतीको खेती सुरु गरेका हुन् ।विगत पाँचवर्षदेखि बहुमूल्य काठको खेती शुरु गरेको भण्डारीले बताए । नेपाली सेनाको जागिर छोडेर विश्वका महंगा बोटहरु के के हुन् कसरी राम्रो आम्दानी गर्न सकिन्छ भनेर खोज्दै जाँदा बहुमुल्य बनस्पतीको खेती गर्ने कुरा भेटाएँँ पछि सुरु गरेको भण्डारीको भनाई छ ।बहुमुल्य बनस्पतीको खेती कसरी गर्ने भनेर भारत, कतार, दुवइ बहराइन, ओमान र सिंगापुरमा अध्ययन गरेपछि यहाँ आएर बहुमुल्य बनस्पतीको खेती गरेको उनले बताए । बिभिन्न ठाउँमा अध्ययन गरेपछि ४÷ ५ वटा घडेरी बेचेर रुद्राक्षका बिरुवा निःशल्क रुपमा बाँड्दै हिँडेको बताए । बिभिन्न ठाउँमा अध्ययन र बिरुवाहरु लगाउदै जाँदा घडेरी बेचेर आएको रु ९३ लाख लगानी गरेको भण्डारीले बताउनु भयो । स्याङ्गजा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, रसुवा र पाल्पामा ३ सय १२ हेक्टर जग्गामा ६ हजार रोपनी भन्दा धेरैमा विरुवा रोपेको भण्डारीको भनाई छ । एक्लै संघर्ष गरेर युवा भण्डारीलाई बिभिन्न सामाजिक मिडियामा समाचार आएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले फोन गरेर स्यावासी दिएका थिए । प्रधानमन्त्रीले बहुमुल्य बनस्पतीको खेती गरेका युवालाई फोन गरेर यसको प्रचारप्रसार हरेक कुरामा साथ दिने बताएका थिए । बहुमुल्य बनस्पतीको खेती गरिरहेका युवाले प्रधानमन्त्रीको फोनपछि धेरै हौसला मिलेको बताए । अहिलेसम्म साढ १७ हजार अगरउड, १८ सय बोधिचित्त, ६० हजार श्रीखण्ड, एभोकाडो गरी नेपालभरी १ लाख भन्दा धेरै बोट लगाएको उहाँको भनाई छ । यो वर्षदेखि बोधिचित्त फल्न शुरु गरको र बिक्री हुने भएपनि अहिले कोरोना भाइरस संक्रमणका कारण ब्यापारीहरु नआएको कारण बिक्री गर्न नसकिएको बताए । युवाजनशक्तिजती सबै सहर र विदेश पस्नेहो भने गाउको विकास कस्ले गर्ने भनेर भित्री मनदेखि नै कृषि क्षेत्रमा केही गर्नुपर्दछ भन्ने धारणा विकास गरी लागेको उहाँको भनाई छ ।

मनकामनाडेलीडटकम वाट

प्रतिक्रिया

सम्बन्धित खवर