१६ भाद्र २०७७, मंगलवार

भारतबाट भन्सार छली ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–१ गाँउ नं.१० स्थितबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको हो । भारतबाट भन्सार छली अवैध रुपमा चोरी पैठारी गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सुर्तिजन्य, किराना सामान र हार्डवयरका आईटमहरु सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

https://amzn.to/4myfPN5

सशस्त्र प्रहरीका अनुसार बरामद अवैध सामान अन्दाजी मुल्य रु १ लाख ८ हजार २ सय ६० बराबरको छ ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.कट्टीबाट स.प्र.नि.टिकाराम मैनालीको कमण्डमा खटिएको प्रहरी टोलीले अवैध सामान पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले सामान बरामद गरी आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरियामा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेड क्वाटर बर्दिया गणका सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द बहादुर के.सी.ले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर