१६ भाद्र २०७७, मंगलवार

गण्डकी प्रदेशमा मंगलबार थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले मंगलबार बिहान पोखरा -६ का ४५ वर्षीय पुरुष र पोखरा – १३ की २४ वर्षीया महिलामा कोरोना देखिएको जानकारी दिनुभएको हो ।


मंगलबार बिहान  पोखरा – ६ मा संक्रमण पुष्टि हुने व्यक्ति पर्यटन व्यवसायी रहेको र उहाँ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत रहेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ । पोखरा १३ का संक्रमित भने होम आइसोलेसनमा रहेको निर्देशनालयले उल्लेख गरेको छ । पोखरामा मंगलबार दिउसो थप  १  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा गरिमा बिकास बैंक डुम्रे शाखामा कार्यरत  पोखरा ७ का २७ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

मंगलबार बिहान लमजुङको बेसीसहरका १४ दिनका नाबालकसहित २६  जनामा कोरोना पुष्टि भएको  छ  । संक्रमण पुष्टि हुनेमा लमजुङको बेसीसहर स्थित सामुदायिक अस्पतालमा उपचाररत १४ दिने बालकसहित २२ देखि ५५ वर्ष उमेर समुहका ५ जना तथा अस्पतालमा कार्यरत ५३ वर्षीय पुरुष, ग्लोबल आइएमई बैंकमा कार्यरत २५ देखि ३५ वर्ष उमेर समुहका ५ जना कर्मचारी, २२ देखि ३७ वर्ष उमेर समुहका ४ प्रहरी र २८ वर्षीया एक महिला पत्रकार रहेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ । लमजुङका १६ देखि ५१ वर्ष उमेर समूहका थप १० जनामा कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ ।

मंगलबार बिहान नै बागलुङ १० का २५ वर्षीय पुरुष र नवलपुरका ३ पुरुष तथा ७ महिलामा कोरोना देखिएको छ । नवलपुर बिनय त्रिबेणीका ११ वर्षीया बालिका तथा  २६ वर्षीय पुरुष र देवचुलीका ६ वर्षीया बालिकासहित ६ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । मंगलबार दिउसो तनहुँको भानु ७ का ५२ वर्षीय पुरुष तथा हुलाकमा कार्यरत तनहुँ  ब्यास ५ की २३ वर्षीया महिलामा समेत  कोरोना पुष्टि भएको छ  ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ०८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर