१६ भाद्र २०७७, मंगलवार
जय महाकाल युवा समुहले काठमाण्डाकौ नयाँ वसपार्कको विजी महल अगाडि दैनिक मजुदुरी गरेर जीवन निर्वाह गरिरहेकाहरुको लागि निशुल्क खाना खुवाईरहेका छन । भोकालाई खाना,प्यासीलाई पानी नारा लाई अगाडि सारेर समुहले निशुल्क खाना खुवाईरहेका हुन ।


लकडाउनको अवस्थामा काम गरेर खान नसक्नेहरुका लागि उनीहरुले यो अभियान शुरु गरेका हुन । शुरुमा दिनमा चैत्र २२ गते देखि १ सय १२ दिन सम्म दैनिक करीव १८सय जतिलाई निशुल्क खाना खुवाईरहेका थिए ।
पछि लकडाउन खुलेपछि उनीहरुले यो अभियानलाई रोकेका थिए । अहिले फेरी निषेधाज्ञा नै शुरु भैसकेको अवस्थामा गएको चार दिन देखि समुहले पुन निरन्तरता दिन थालेको छ । अहिले सम्म १सय १६ दिनसम्म उनीहरुले निशुल्क खाना खुवाईसकेका छन ।
अहिले दैनिक रुपमा ४ सय जना सम्मले निशुल्क खाना खाईरहेको समुहमा कोषाध्यक्ष मनिष विकले वताए ।
सरकारवाट यो अभियानमा कुनै पनि सहयोग नभएको भएपनि विभिन्न समाजसेवीहरुले स्वस्फुत रुपमा सहयोग गरेर विकले वताए । समाजको यो अभियानमा २५ जना युवाहरुले भोलेन्टियर रुपमा सहयोग गरिरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर