१६ भाद्र २०७७, मंगलवार

नवलपरासी पुर्वको देवचुली नगरपालिका दलदलेमा मंगलबार ३ जना ब्यक्तिमा काेराेना भाईरस संक्रमण पुष्टि भएसँगै दलदले बजार शिल गरिएकाे छ । दलदलेका १४ बर्षिय बालिका,२९ बर्षिय पुरुष र ५० बर्षिय महिलामा संक्रमण पुष्टि भए पछि दलदले चाेक देखि उत्तर तर्फ भाग्यपुरी चाेककाे कल्भर्ट शिल गरिएकाे देवचुली वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले जानकारी दिनुभयाे । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिन नदिनकाे लागि संक्रमित ब्यक्तिहरु सँग कन्ट्याक्ट् ट्रेसिङ्ग भएकाहरूकाे नेगेटिभ रिपोर्ट अाउने बेला सम्म शिल गरिने क्षेत्रीले बताउनुभयाे । सो समयमा सम्पूर्ण ब्यवसाय बन्द रहने र आवातजावतमा कडाई गरिने वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो


प्रतिक्रिया

सम्बन्धित खवर