१५ भाद्र २०७७, सोमवार

वरिष्ठ   स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आफूमा शनिवार नै कोरोना संक्रमण पुष्टि भएको डाक्टर रिजालले  बताए । शनिवार कोरोना पुष्टि भएपछि आइतवारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए ।

‘स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छौं, त्यही क्रममा मलाई पनि कोरोना पोजेटिभ भयो, मसँगै मेरो पत्नीलाई पनि कोरोना पुष्टि भयो,’ डा रिजालले  भने, ‘शनिवार कोरोना पुष्टि भएपछि आइतबार हामी दुवै जना ह्याम्स अस्पतालमा भर्ना भएका छौं ।’

‘हामी जो कसैलाई पनि कोरोना संक्रमण हुनसक्छ, तर कोरोना लागिहाल्यो भन्दैमा आत्तिनु हुँदैन, मलाई अहिलेसम्म ठिक छ, छिट्टै निको हुनेछौं भन्ने आत्मविश्वास छ,’ डा रिजालले भने, ‘चिकित्सकलाई कोरोना संक्रमण भयो भने, नराम्रो व्यवहार नगरौं, सबैको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई सम्मान गरौं, कोरोना लाग्न सक्छ, सचेत बनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर