१५ भाद्र २०७७, सोमवार

नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् ।

११ हजार १२९ पीसीआर परीक्षणमा ८९९जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये ३०३ जना महिला र ५९६ जना पुरुष रहेका छन् । यससँगै हालसम्म संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् ।यसैगरी होम आइसोलेसनमा ७ हजार १२१ जना रहेका छन् ।हालसम्म २१ हजार ४१० जना संक्रमित निको भएर घर फर्किएका छन् । क्वारेन्टिनमा ७ हजार ३३७ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर