१५ भाद्र २०७७, सोमवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस पिसिआर परीक्षणमा तिर्नुपर्ने शुल्क परिमार्जन गरेको छ ।
यसअघि ५ हजार ५ सय कायम रहेको पिसिआर परिक्षण शुल्क परिमार्जन गरी मन्त्रालयले अधिकतम शुल्क ४ हजार ४०० शुल्क कायम गरेको हो । बजारमा कीट लगायत परीक्षण सामग्रीको मुल्य घटेसँगै परीक्षण शुल्क पनि घटाइएको मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो परिमार्जित शुल्क स्वास्थ्य आजै देखि लागू हुने मन्त्रालयले बताएको छ ।
देभभर ११ निजीसहित ४५ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर