धनवहादुर क्षेत्री

जुम्ला,१५ भाद्र २०७७, सोमवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आईतवार विहान कालिकोटको तिलागुफा –१ नाग्ममा पहिरोमा पुरिएर हाल सम्म १० जनाको मृत्यु भएको छ ।  दुई जनालाई  उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।
पहिरोमा पुरिएर ३६ वर्षका प्रयाग शाही, उनकी ८ वर्षकि छोरी हिमा शाही, ५ वर्षका छोरा निराजन शाही र २ महिनाको छोरा गरी एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
यसैगरी तिलागुफा–१ का ३० वर्षका टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षकि छैली दमाई र ६ वर्षका छोरा गजेन्द्र दमाईको पनि मृत्यु भएको छ उनीहरु तीनजनानै एउटै परिवारका हुन ।
यसैगरी पहिरामा परी तिलागुफा १ का ३५ वर्षका मनविर कटुवाल विरेन्द्रनगर नगरपालिका सुर्खेतकि ४८वर्ष की आइती खड्का र खडकाकोमै काम गर्ने २२ वर्षका अमृत थापाको मृत्यु भएको हो । शवलाई सदरमुकाम सम्म निकै गाह्रो हुने भएकाले सोहि स्थानमै पोस्र्टमार्टम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी चद्र प्रसाद गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर