१५ भाद्र २०७७, सोमवार

लायन्स क्लव अफ बेलवास सिटीले वुटवलको बेलवास चोकमा खाध्य बैँक संचालनमा ल्याइएको छ ।

आइतवार एक कार्यक्रमकाबीच बैँकको सुभारम्भ गर्दै क्लवका संस्थापक अध्यक्ष त शिवलाल उपाध्ययले कोभिड १९को महामारीका कारण कुनै पनि व्यक्ती भोको रहन नपरोस भन्ने उद्देश्यले खाध्य बैँक संचालनमा ल्याइएको वताउनु भयो ।
कार्यक्रममा क्लवका अध्यक्ष लक्ष्मण कुमार खड्काले पहिलो चरणमा सेनिटाइजर, मास्क तथा राहात वितरण गरेको क्लवले दोस्रो चरणमा खाध्य बैँक नै संचालनमा ल्याएको वताउनु भयो ।
कार्यक्रममा क्लवका उपाध्यक्ष तथा खाध्य बैक संचालक समितिका संयोजक गोविन्द खनाल, उपाध्यक्ष रामप्रसाद भूषाल,टेमर शिव खनाल, सहसचिव वावु भूषाल निर्वतमान अध्यक्ष उमलाल बन्जाडे, क्लवका पदाधिकारी, संचारकर्मीलगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर