१४ भाद्र २०७७, आइतवार

अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार ४२ हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६३ लाख ३९ हजार ७८ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ८ हजार ७९९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ‍४३ हजार ४२४ जनामध्ये १६ हजार २५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८६ हजार ८५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९५४ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८६ हजार नाघेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर