१४ भाद्र २०७७, आइतवार
काठमाडौं बाट स्याङ्जाको चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ् नगरपालिका ५  चापाकोटमा आईतवार विहान दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा चापाकोट— १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ । वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको हो ।
काठमाडौंमा बिरामी छोडेर चापाकोटकि २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्केको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो ।
घाइते भएका ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाइएको छ । एम्बुलेन्स सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको प्रहरीले जानकारी गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर