नेकपा एमालेका पोलिट्व्युरो सदस्य ठाकुर गैरे संगठित जीवनको ३२ वर्ष पछि पहिलो पटक संसदीय उम्मेद्वार बनेका छन् । नेकपा एमालेले पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट गैरेलाई एकल सिफारिस गरेको थियो ।

मङसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारकाे टिकट पाएपछि अहिले नेता गैरे चुनावी मैदानमा छन् । २ वटा निर्वाचन क्षेत्र रहेकाे पाल्पामा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्।  चुनाव नजिकिदै गर्दा गैरे जनताको घरघरमा पुगेर मत माग्नमा व्यस्त छन् । सधै पुरानै अनुहार दोहोरिएर आउने गरेकोमा यसपटक एमालेकाे तर्फबाट नयाँ र युवा अनुहार उम्मेदवारको रुपमा पाउँदा पाल्पा क्षेत्र नं. २ का जनताकाे काम गर्नेमा विश्वास लिएका छन् ।

गैरेले पाल्पा बराङ्दीको बेद मावि पढ्ने क्रममा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । उच्च शिक्षा अध्ययनको क्रममा त्रिभुवन बहुमुखी क्याम्पसमा रहँदा स्वतन्त्र बिद्यार्थी युनियनमा २०४९ र २०५१ मा स्ववियुको सचिवमा निर्वाचित भएका थिए । २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष, २०५३ सालमा केन्द्रीय कमिटि सदस्य, केन्द्रीय कमिटिको सचिवालय, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटिको अध्यक्षमा निर्वाचित भएका थिए।

अनेरास्ववियुको राजनीतिसँगै २०६६ मा भएको नेकपा एमालेको बुटवलको आठौ महाधिवेशन र नवौ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र दशौं राष्ट्रिय महाधिवेशनबाट पुनःकेन्द्रीय कमिटी भारी मतका साथ बिजयी भएका थिए। गैरे हाल पार्टीको पालिट्ब्युरो सदस्य हुन् ।

विद्यार्थी आन्दोलन अन्र्तगत बिद्यार्थीको यातायातमा सहुलियत आन्दोलन, कालापानी मार्च, मातृभुमिको सन्देश अभियान, सुस्ता बचाउ अभियान, मेची देखि महाकालीसम्म भारतले गरेको सिमा अतिक्रमणका बिरुद्ध मेची महाकाली राष्टिय अभियानमा गैरेले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए।

सप्तरीको तिलाठीमा भएको भारतीय हस्तक्षेप र स्थानीय जनताहरु माथि भएको आक्रमणमा घाइते भएकाहरुको रक्षा र त्यस बिरुद्धको आन्दोलनमा गैरेले नेतृत्व दायी भूमिका निर्वाह गरेका थिए । शाहज्यादा युवराज पारसले गायक प्रविण गुरुङको हत्या गरेपछि हत्यारालाई कारवाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरि तत्कालीलन राजा बिरेन्द्रलाई बुझाइएको ऐतिहासिक आन्दोलनको नेतृत्व अनेरास्ववियुको सचिव रहँदा गैरेलेनै गरेका थिए ।

भारतीय नाकाबन्दी बिरुद्धको आन्दोलन, राष्ट्रिय स्वाधिनताको अभियान संचालन गरि सिंहदरबारदेखि संयुक्त राष्ट्र संघको अफिस पुल्चोकसम्म मानव साङलो प्रर्दशन, एनसेल कर छली प्रकरण बिरुद्धको आन्दोलनको नेतृत्व गरि कर बुझाउनुपर्ने परिस्थितिको निर्माण गर्नेमा गैरेको भूमिका महत्वपूर्ण छ ।

जनआन्दोलन, विभिन्न समयमा भएका विद्यार्थी आन्दोलनहरुमा उनको भूमिका महत्वपूर्ण छ । संसदीय पद नपाउँदा समेत उनी अविचलित भई एमालेको राजनीतिमा क्रियाशील रह्याे। यसअघि पाल्पामा एमालेबाट सोमप्रसाद पाण्डेले धेरै पटक टिकट पाउँदा उनै पाण्डेलाई जिताउन लागेका थिए। अहिले भने पाण्डे नेकपा एसबाट गठबन्धनकाे साझा उम्मेद्वार बनेका छन् ।

अहिले पाण्डे र गैरे एउटै पदका लागि एउटै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । नेता गैरेले आफु निर्वाचित भएपश्चात पाल्पालीको सच्चा प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्ने बताएका छन् । पाल्पा विकासका सन्दर्भमा उनले आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका छन्। यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनको प्रवर्धनमा लागिपर्ने गैरेले बताएका छन् ।

पाल्पा बुटवल सडक सहित अन्य बाटोहरुको स्तरोन्नती, सञ्चार विकासका लागि योजनाबद्ध लाग्ने गैरेले बताए । महिला, बालबालिका, युवा, जेष्ठ नागरिकमैत्री बातावरण निर्माण गर्दै विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमा कृषि तथा पशुपालनका माध्यमबाट उद्यमशील बनाउने कार्यमा आफु लागिपर्ने गैरेले बताएका छन्। वोलीखवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर