१३ भाद्र २०७७, शनिवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमद्वारा रचित गीत ‘यो बुद्ध भूमि’को भिडियो शुक्रबार सार्वजनिक भएको छ ।  सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीत प्रस्तुत गरिएको छ ।  । गैतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत दिनुभएको छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुनुहुन्छ । गीतमा रोशनराज गुरुब, माण्डवी त्रीपाठी र अन्जना गुरुब लगायतको स्वर छ । दीर्घ गुरुबले छायाङ्कन गर्नुभएको गीतलाई जीवन थापाले सम्पादन गर्नुभएको हो । गीतकार गौतमले आफ्ना ४३ गीतलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर