१२ भाद्र २०७७, शुक्रवार
पोर्तुगलमा एक नेपाली महिलाको मृत्यु भएको छ । स्याङग्जा जिल्लाको अर्जुन चौपारी ५ घर भई एक बर्षदेखि पोर्तुगलको लिस्बन बस्दै आएकी रेनुका पौडयाल खनालको मृत्यु भएको हो ।
स्तन क्यासर वाट विरामि भएकि पौडयालको अगस्ट २७ का दिन साउजोसे अस्पताल लिस्बनमा मृत्यु भएको श्रीमान जायेश्वर खनालले जानकारी गराए ।
मृतक रेनुका श्रीमान र एक बर्षकी छोरीका साथ पोर्तुगल बस्दै आएकी थिइन् । उनीहरुका १० बर्षिय एक छोरा नेपालमा नै अध्यनरत छन । जागेश्वर भने चार बर्षदेखि पोर्तुगल बस्दै आएका छन् ।
एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले शोक वक्तव्य जारी गरी मृतक आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गैरेका अनुसार परिवारसंगको सल्लाहअनुसार अगस्ट २९ तारिखका दिन अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार गरिने भएको छ ।
पोर्तुगलस्थित प्रवासी नेपाली एकता मंच, जनसम्पर्क समिति, नेपाली समाज लगायत विभिन्न संघसंस्थाहरुले शोक विज्ञप्ति जारी गरी मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर