१२ भाद्र २०७७, शुक्रवार

पाल्पामा शुक्रवार एक नेपालीको कोरोना सक्रमितको कारण मृत्यु भएको छ । लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार गराईरहेकि तानसेन नगरपालिका वडा न ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उनको उपचार भइरहेका थियो । ज्वरो, रुखाघोकी लागेर उपचारको लागि अस्पताल पुगेकी ति महिलामा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई आइसोलेशनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र शुक्रबार साँझ निधन भएको अस्पताल स्रोतले जनाएको छ । जिल्लामा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि पूर्वखोला गाउँपालिकाका पुरुषको मृत्यु भएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर