१२ भाद्र २०७७, शुक्रवार

एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आज फाइनल प्रतियोगिता हुँदैछ । सिजन ३ अन्तर्गतको यो रियालिटी शोको फाइनल चैत्र महिनामै सकिने भए पनि कोरोना भाइरसका कारण पछाडि धकेलिएको थियो ।

एपिवान टेलिभिजनबाट आज बेलुका ८ बजे लाइभ प्रसारण हुने यो रियालिटी शो मा उत्कृष्ट ३ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् लकडाउनका कारण रोकिएको यो कार्यक्रम केही खुकुलो हुनासाथ पुनः शुरु गरिएको थियो ।

उत्कृष्ट ३ मा पर्न सफल महोत्तरीका किरण भुजेल, मोरङकी सज्जा चौलागाईं र बर्दियाका प्रवीण भेटवालबीच प्रतिस्पर्धा हुनेछ । गतवर्ष नेपाल आइडलले एउटा छुट्टै किसिमको माहोल सिर्जना गर्ने गरेको थियो । यसपटक भने कोरोना भाइरसका कारण शोले त्यति चर्चा कमाउन सकेको छैन ।

आज (शुक्रवार) हुने कार्यक्रममा थोरै दर्शक र फाइनल प्रतिस्पर्धी मात्र रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर