११ भाद्र २०७७, बिहिवार
पछिल्लो २४ घण्टामा प्रदेश न ५ मा ९६ जना कोरोनाका नयाँ सक्रमित थपिएका छन ।
विहिवार बाँकेमा ३३, रुपन्देहीमा ३२, कपिलवस्तुमा १९, नवलपरासी पश्चिममा १०, बर्दियामा २ जना थपिएका छन् । दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा र रुकुम पूर्वमा कुनै पनि संक्रमित थपिएका छैनन । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार आज थपिएकाहरुमा ६५ पुरुष र ३० जना महिला हुन ।
मन्त्रालयका अनुसार प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार १९ पुगेको छ । जसमध्ये ४हजार ६सय ८७ जनाले कोरोनालाई जितेर घरफर्किसकेका छन ।
यसैगरी १२सय१० जना सक्रिय संक्रमित रहेकोमा ९४५ जना प्रदेशका आइसोलेशनहरुमा उपाचार गराईरहेका छन् । यसैगरी १३८ जना क्वारेन्टिनमै छन र उनीहरुलाई आइसोलेशनमा ल्याउने तयारी भएको सुचना अधिकारी डा.पौडेलले जानकारी गराए ।
प्रदेश ५ मा बिहीबारसम्म १८ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १०९ जनाको सामान्य उपचार र वाकि आइसोलेशनमा रहेका छन । कोरानाको कारण प्रदेश न ५ मा २६ जनाको मृत्यु भैसकेको छ


प्रतिक्रिया

सम्बन्धित खवर