११ भाद्र २०७७, बिहिवार

निस्दी आवाज युवा संजाल पाल्पाले अनलाइन तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समाज उज्ज्वल महिला समूह निस्दी ४, मित्याल भोर्माको समुह प्रथम, निस्दी ४ मित्याल छापडाँडाको समूह दोश्रा र निस्दी ७, ज्यामिरे हुबासको समूह तृतिय भएको छ । त्यस्तै उत्कृष्ट शब्दमा ज्यामिरेको धन माया दिशुवा र उत्कृष्ट नृत्यमा ज्यामिरेकै सृष्टि वाह्राघरे हुनुभएको थियो ।
२३ समुहको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा लोक तथा दोहोरी गायक बद्री पंगेनी , लोक दोहोरी गायिका जमुना राना र मोडल तथा निर्देशक सुमन थापा हुनुहुन्थ्यो ।
तीज गीतको नतिजा भर्चुअल माध्यमबाट मंगलबार लोक तथा दोहोरी गायक बद्री पंगेनीले सार्वजनिक गर्नुभएको थियो ।
गत भदौ ४ गतेदेखि ६ गतेसम्म निस्दी आवाज युवा संजालको आधिकारिक फेसबुक गु्रप निस्दी आवाजमा पोस्ट गरेको तीज गीत भिडियोको नतिजा ४० प्रतिशत लाइक र सेयर तथा ६० प्रतिशत निर्णयकमण्डल हरुको मुल्यांकनबाट गरेको थियो । विजेता सबैलाई नगद र प्रसंसा पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर