११ भाद्र २०७७, बिहिवार
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन् भने ५ सय ६९ जना निको भएका छन । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । विगत २४ घण्टामा ५ सय ६९ जना निको भएका छन ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ जना रहेका छन् । आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ । हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर