११ भाद्र २०७७, बिहिवार
पहिरोको कारण झण्डै एक महिना वन्द रहेको सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा न २ को वाटो गाउँलेहरुले वनाएका छन । नगरपालिकालाई वाटो वनाईदिन वारम्वार गुहारे पनि वास्ता नगरेपछि गाउँलेहरु आफै कस्सिएर वाटो वनाएका हुन ,
गाउँलेहरुको निकै अनुरोध पछाडि वाटो खुलाउन नगरपालिकाले जेसिवि पठाएपनि ५० मिटर लामो पहिरो गएकोले पहिरो नहटाइ फर्केको थियोे । तर जेसिविले हटाउन नसकेको पहिरो स्थानीयले एक हप्ता भित्र सजिलोसँग निर्माण गरेर सडक सुचारु गरेका छन । बर्षाले विगारेको सडक स्थानीयले सुचारु गरेका हुन । वाटो वनाएपछि साना सवारी साधनहरु चल्न थालेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर