११ भाद्र २०७७, बिहिवार

पूर्वी चितवनको  रत्ननगर–४ देवौलीमा रहेको शिवशक्ति खाद्य उद्योगमा कार्यरत १० जना कामदारमा कोरोना संक्रमण देखिएको छ ।  बुधवार गरिएको परीक्षणका क्रममा १४ जनामध्ये १० जना सो उद्योगमा काम गर्ने कामदार रहेको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।


साउन ३१ गते सोही उद्योगमा काम गर्ने दुई जना कामदारलाई कोरोना  संक्रमण पुष्टि भएपछि सो उद्योग सिल गरिएको छ ।  रत्ननगरमा अहिले सम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८ जना मध्य ४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर