११ भाद्र २०७७, बिहिवार

नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर