११ भाद्र २०७७, बिहिवार

स्वतन्त्र नागरिक समाज चितवनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा गर्न लागेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा उनको ठाउँमा अन्य व्यक्ति आउनसक्ने र विद्युत् प्राधिकरणको अवस्था पहिलेजस्तै हुनसक्ने भन्दै घिसिङलाई नै पुनः विद्युत् प्राधिकरणमा नियुक्ति गरियोस् भन्दै उनीहरुले प्रर्दशन गरेका हुन ।


बिहीबार बिहान ७ बजे स्वःस्फूर्तरुपमा नेपालको झण्डा र व्यानर बोकेर भरतपुरको चौबीसकोठीमा उनीहरु भेला भएका थिए । मास्क लगाएर सामाजिक दूरी कायम राख्दै लामबद्द हुनै लाग्दा प्रहरी आएर निषेधाज्ञाको बेला कुनै पनि किसिमको कार्यक्रम नगर्न भन्दै ब्यानर खोसेर भिडलाई हटाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर