११ भाद्र २०७७, बिहिवार

गायक मानसराजको  ‘उठ्न देउ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।  गायक मानसराजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन् ।


‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता सर्बाधिक चर्चामा रहेको गीत पछि उनले अहिले ‘उठ्न देउ’ लिएर आएका छन् । ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियो मार्फत देखाइएको छ । सन्जु बाबा संगै ३ बर्षिय बाल कलाकार क्रिभिशेषको लोभलाग्दो र जिबन्त अभिनय समेत देख्न सकिनेछ ।

मनिस बसिष्ठको शब्द, गायक मानसराजको स्वर र संगीत रहेको गीतलाइ प्रदिप जोशीले एरेन्ज गरेका हुन् । भिडियोमा छायाँकार रिक्की कर्माचार्यको छायांकन तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर