१० भाद्र २०७७, बुधवार

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि वढाएर भदौ १७ सम्म पुरयाईएको छ । तीनवटै जिल्लाका सिडिओ,मेयर तथा जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थपिएको हो ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन नपाइने उल्लेख गरिएको छ भने घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकका सवारी साधन चलाउन पाइनेछैन ।
अत्यावश्यक कार्यालयमा जाने कर्मचारीहरु विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउन जान पाउनेछन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर