१० भाद्र २०७७, बुधवार

नेपाल विद्युत प्राधिकरणको सिईओ मा कुलमान घिसिङ पुनः नियुक्तिको समाचार कपोल्कल्पीत र भ्रामक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारेका छन् ।
‘मंगलबारको मन्त्रिपरिषद बैठकले आगामी चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिने निर्णय गरेको’ भन्दै थुप्रै अनलाइन न्युज पोर्टलहरुमा समाचार प्रकाशन भएका छन् । तर ती समाचारहरुमा कुनै सत्यता नरहेको र भ्रामक सुचना सम्प्रेषण भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले बताएका हुन् ।

यस्तो हावादारी समाचारको पछि नलाग्नुस । हुँदै नभएको निर्णयको किन पछि लागिरहेको हो ? मैले बुझीनँ ।’ उनले भने, ‘घिसिङको कार्यकाल भदौ २९ गते समाप्त हुँदै छ । अहिले नै नियुक्ति वा पुनः नियुक्तिको  निर्णय गर्न कानुनी रुपमा सम्भव हुने कुरा नै होईन ।’
विभिन्न अनलाइनमा पुनः नियुक्तिको समाचार देखेपछि घिसिङलाई बधाई दिनेको संख्या सामाजिक सञ्जालहरुमा उल्लेख्य छ ।
घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएर आएपछि १८ घण्टे लोडसेडीङ अन्त्य गर्न सफल भएको भन्दै पुनः उनैलाई नियुक्ति  दिइनुपर्ने जनदवाव बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर