९ भाद्र २०७७, मंगलवार
२४ घण्टामा देशभर ८सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।
उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा देशभर पाच जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर