९ भाद्र २०७७, मंगलवार
बिभिन्न बहाना बनाएर कोरोना संक्रमित बोक्न नमान्ने एम्बुलेन्सहरुलाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
सामाजिक विकास मन्त्रालयले प्रदेशको स्वास्थ्य विकास निर्देशनालयमार्फत सोमबार जिल्ला प्रशाशन कार्यालयलाई पत्र पठाई ३ वटा एम्बुलेन्सलाई कारबाही गर्न निर्देशन दिएको हो ।
कारबाहीमा पर्ने एम्बुलेन्सहरुमा पर्रोहा स्वास्थ्य चौकी रुपन्देहीले सञ्चालन गरेको लु १ झ २८१, तिलोत्तमाको युवा क्लबले सञ्चालन गरेको लु २ च ६१८० र ध्रुवतारा युवा क्लबले सञ्चालन गरेको लु २ च ६१२७ नम्बरका एम्बुलेन्स रहेका छन् ।
बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका नेपालगन्जका बिरामीलाई लैजान नमानेपछि ती एम्बुलेन्सहरुलाई कारबाही प्रक्रिया अगाडी बढाएको निर्देशनालयले जनाएको छ ।
सेवाग्राहीको गुनासोका आधारमा बिरामी बोक्न नमान्ने अन्य १२ एम्बुलेन्सलाई समेत निर्देशनालयले मौखिक रुपमा सचेत गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर