९ भाद्र २०७७, मंगलवार

रुपन्देहीको गैडहवा गाउँपालिका ­३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको टाउकामा गम्भीर चोट लागेको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्न उनको पिसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताए ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो । उनको मृत्युसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ भने कोरोना सङ्क्रमित ६७४ छन् ।

रासस

प्रतिक्रिया

सम्बन्धित खवर