९ भाद्र २०७७, मंगलवार
कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको गएराति मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ११मा आईसोलेनमा वसेकी ३५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनको मृत्युपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ । उनी भारतबाट मृगौलाको उपचार गराएर कैलाली फर्किएकी थिईन ।
सूचना अधिकारी जोशीको अनुसार महिलाको श्रीमान र छोरामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर