८ भाद्र २०७७, सोमवार

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड संक्रमण पुष्टि भएको छ।  सबैभन्दा धेरै काठमाडौँमा १७७ जना   छन् ।

यस्तै बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, ललितपुरका ३३, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९/१९ जना, मकावनपुर र रुकुम पश्चिमका १८/१८ जना, सप्तरीका १५, भक्तपुरका १४, सुर्खेतका ११, सिराहाका १० जनामा कोरोना देखिएको छ ।

कपिलवस्तुका ९ जना, सर्लाही, र बाँकेका ८/८ जना, रुपन्देहीका ६ जना, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर, नवलपरासी पश्चिमका ५/५ जना, खोटाङ, गुल्मी, डडेलधुराका ४/४ जना, ओखलढुङ्गा, बैतडी, तनहुँ र कालिकोटका ३/३ जनामा पनि कोरोना देखिएको छ ।

यसैगरी धनकुटा, शंखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २/२ जना तथा इलाम, उदयपुर, दोलखा, बाजुरा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया र दार्चुलाका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

यस्तै १८ हजार ८०६ जना निको भएका छन् भने कोरोना संक्रमणबाट १ सय ५७ जनाको मृत्यु भइसकेको छ । हाल १३ हजार ७ सय १५ सक्रिय संक्रमित छन् ।

यस्तै ९ हजार १५४ जना संस्थागत आइसोलेनमा छन्। हाल ४ हजार ५६१ होम आइसेलनमा छन्। देशभर १३८ जना संक्रमित आइसियूमा छन् भने १५ जना भेन्टिलेटरमा छन्।

२४ घण्टायता १० हजार २ सय ३४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर